Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्न अमेरिकाको आग्रह

१ चैत्र २०८२, आइतवार

आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्न अमेरिकाको आग्रह

काठमाडौँ । अमेरिकी सरकारले आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्न अपील गरेको छ ।

इरानले मध्यपूर्वमा अमेरिकी स्थापनाहरूमा हमला गर्न जारी राखेपछि अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका देश छोड्न आग्रह गरेको हो । 

पछिल्लो पटक इरानले इराकको बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण भएपछि इराक छोड्न निर्देशन दिएको थियो । अमेरिकी दूतावासले चेतावनी जारी गर्दै नागरिकलाई 'तत्काल इराक छोड्न' आग्रह गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका सरकारले ओमानबाट गैर-आपतकालीन सरकारी कर्मचारी र तिनका परिवारलाई पनि बाहिर जान आदेश दिएको छ ।

इरानले हाल ओमान, साउदी अरब, युएई, कतार, कुवेत, बहराइनलगायतमा रहेका अमेरिकी दुताबास, अमेरिकी सेनाका बेसमा लगातार आक्रमण गरिरहेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *