Sunday, 19 April 2026
×
शिक्षा
   
पर्यटन
   
अर्थ
   
कभर स्टोरी
   

‘आत्मदाह’का घटना बढेपछि प्रहरीले भन्यो – बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ

११ माघ २०७९, बुधवार

‘आत्मदाह’का घटना बढेपछि प्रहरीले भन्यो – बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ

११ माघ, काठमाडौँ । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ ।

पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ ।

संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए ।

यस्ता घटना बढिरहेका बेला प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको बताएको हो ।

  
Comments

update said:

okagycuafs

Posted on 10 Sep 2024, 04:47 AM

Suresh said:

dsfcsdfvsdv

Posted on 09 Sep 2024, 10:54 PM
  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :