Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

आठ सय करोड क्लबमा बलिवुड फिल्म धुरन्धर

२० पुष २०८२, आइतवार

आठ सय करोड क्लबमा बलिवुड फिल्म धुरन्धर

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धरले बक्स अफिसमा निरन्तर शानदार कमाई गरिरहेको छ ।

फिल्म रिलिजको पाँचौं साताको पहिलो दुईदिन पछि फिल्मले घरेलु बक्सअफिसमा ८ सय करोडको आँकडा पार गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ३० दिनमा ८०६. ८ करोड भारु कमाई गरेको हो । फिल्मले पाँचौं साताको शुक्रबार ९.७० करोड र शनिबार १२.६० करोड कमाई गरेको थियो । यस फिल्मले रिलिजको चौथो सातामा मात्र ११५.७० करोड कमाई गरेको थियो भने पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो । त्यस्तै दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो भने तेस्रो सातामा फिल्मले १८९.३० करोड कमाई गरेको थियो । 

धुरन्धर हालसम्म बलिवुडको इतिहासमा सबै भन्दा धेरै कमाई गर्ने तेस्रो फिल्म पनि बनेको छ ।  बलिवुडको इतिहासमा सर्वाधिक कमाई कलेक्सन गर्ने फिल्म दंगल हो । दंगलले १९६८ करोड कमाई गरेको थियो भने जवानले ११४८ करोड कमाई गरेको थियो ।

त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरेको छ । अहिलेसम्म फिल्मले भारत बाहिर २३० करोड भन्दा बढी कमाई गरेको छ । 

फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :