Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

अबुधाबीमा मिसाइलका टुक्रा खस्दा दुई जनाको मृत्यु

१२ चैत्र २०८२, बिहिवार

अबुधाबीमा मिसाइलका टुक्रा खस्दा दुई जनाको मृत्यु

काठमाडौँ । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा मिसाइलका टुक्रा खस्दा दुई जनाको ज्यान गएको पुष्टि भएको छ । स्थानीय अधिकारीका अनुसार मृतकमध्ये एक भारतका र अर्को पाकिस्तानका नागरिक रहेका छन् ।

अबुधाबी सञ्चार कार्यालयका अनुसार उक्त घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक युएई, एक जोर्डन र एक भारतका नागरिक रहेका छन् ।

अधिकारीहरूले हवाई रक्षा प्रणालीले मिसाइलहरू आकाशमै नष्ट गरिरहेको भए पनि त्यसका टुक्रा खस्दा दुबई, अबुधाबी लगायतका क्षेत्रमा सर्वसाधारणका लागि जोखिम बढिरहेको बताएका छन् ।

मध्यपूर्वमा जारी द्वन्द्व अहिले २७औँ दिनमा पुगेको छ । विभिन्न रिपोर्टअनुसार इरानले खाडी क्षेत्रका ती स्थानहरूलाई निशाना बनाइरहेको छ, जहाँ अमेरिकी सैन्य आधारहरू रहेका छन् ।

इरानले अमेरिकी सेनालाई सहयोग गर्ने देशहरू पनि आफ्नो निशानामा पर्न सक्ने चेतावनी दिएको छ । तर खाडी राष्ट्रहरूले भने आफूहरू यस द्वन्द्वमा संलग्न नभएको स्पष्ट पारेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *