Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

२९ फागुन २०८२, शुक्रवार

अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

काठमाडौँ । इराकमा दुर्घटनाग्रस्त अमेरिकी इन्धन आपूर्ति विमानमा सवार चार सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।

इरान युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमाण्डले विमान दुर्घटनामा चार सैनिकको मृत्यु भएको जानकारी दिएको छ । साथै बाँकी दुई जनाको खोजी जारी रहेको कमाण्डले जनाएको छ ।

उक्त विमान पश्चिमी इराकमा सञ्चालन भइरहेको अभियानका क्रममा दुर्घटनामा परेको बताइएको छ । विमान अर्को इन्धन आपूर्ति विमानसँग संयुक्त अभियानमा रहेको थियो, जसमध्ये अर्को विमान सुरक्षित रूपमा अवतरण गर्न सफल भएको जनाइएको छ ।

सो विमानलाई इराककै अतिवादी संघठनले खसालेको आशंका गरिएको छ ।

योसँगै इरान युद्धका क्रमआमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या ११ पुगेको छ । यस अघि कुवेत बेसमा इरानको आक्रमणआमा परेर ७ सैनिकको ज्यान गएको थियो । इरान युद्धका क्रममा अहिलेसम्म १४० जना सैनिक घाइते भएको र ८ जनाको अवस्था चिन्ताजनक रहेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *