Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीबाट गोली प्रहार, एक जनाको मृत्यु

११ माघ २०८२, आइतवार

अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीबाट गोली प्रहार, एक जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको मिनेसोटाको मिनियापोलिसमा संघीय अध्यागमन अधिकारीबाट भएको  गोलीबारीमा एक व्यक्तिको मृत्यु भएको छ । 

मिनेसोटाका सिनेटरले मृतक एलेक्स प्रिटी भएको बताएका छन् । प्रिटी ३७ वर्षीया मिनियापोलिस निवासी, एक नर्स र एक अमेरिकी नागरिक भएको बताएका छन् ।

यो घटना अमेरिकी नागरिक रेनी गुडलाई सोही शहरमा एक अध्यागमन एजेन्टले गोली हानी मारेको तीन हप्ताभन्दा कम समय पछि भएको हो ।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले प्रिटीले कथित रूपमा हिंसात्मक प्रतिक्रिया जनाएकाले एजेन्टहरूले आत्मरक्षामा गोली चलाएको बताएकी छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसका मेयर र मिनेसोटाका गभर्नर टिम वाल्जलाई विद्रोहलाई उक्साएको आरोप लगाएका छन्।

गभर्नर वाल्जले उनले संघीय एजेन्टहरूलाई राज्य छोड्न आग्रह गरेका छन् । घटनापछि, मिनियापोलिसमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेको बताइएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :