Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

अमेरिकाको युद्धविराम प्रस्ताव इरानलाई हस्तान्तरण गरिएको दाबी

११ चैत्र २०८२, बुधवार

अमेरिकाको युद्धविराम प्रस्ताव इरानलाई हस्तान्तरण गरिएको दाबी

काठमाडौँ । इरानयुद्ध जारी रहेका बेला युद्ध विरामका पहल शुरु भएका छन् ।

यसबीच पाकिस्तानले अमेरिकाको युद्धविराम प्रस्ताव इरानलाई हस्तान्तरण गरेको अल जजिराले उल्लेख गरेको छ ।

अल जजिराका पत्रकार उसामा बिन जावेदले वरिष्ठ पाकिस्तानी अधिकारीहरुले यसको पुष्टि गरेका छन् । अब इरानको जवाफको प्रतीक्षा भइरहेको दाबि रिपोर्टमा गरिएको छ ।  

रिपोर्टका अनुसार ट्रम्प प्रशासनले तयार पारेको युद्धविरामसम्बन्धी दस्तावेज पाकिस्तानमार्फत इरानलाई बुझाइएको हो । अब उक्त प्रस्तावमा इरानको प्रतिक्रिया आउन बाँकी रहेको बताइएको छ । अमेरिका र इरानका बीचमा टर्की र पाकिस्तानले मध्यस्थता गरिरहेको समेत दाबि गरिएको छ ।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा आक्रमण शुरु गरेपनि उनीहरुले सोचे भन्दा कडा रुपमा इरानले जवाफ दिन जारी राखेपछि उनीहरु युद्ध रोक्न दबाबमा आएको विश्लेषण गरिएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *