Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

अमेरिकालाई हतियार लैजान बाट रोक्न सकिदैन- दक्षिण कोरिया

२६ फागुन २०८२, मंगलवार

अमेरिकालाई हतियार लैजान बाट रोक्न सकिदैन- दक्षिण कोरिया

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगले अमेरिका आफ्ना हतियार अन्यत्र लैजान चाहे त्यसलाई रोक्न नसकिने बताएका छन् ।

उनको यो अभिव्यक्ति अमेरिका आफ्नो पैट्रियट मिसाइल प्रतिरक्षा प्रणाली ईरानसँग जारी युद्धका लागि अन्य स्थानमा पठाउने तयारीमा रहेको भन्ने समाचार सार्वजनिक भएपछि आएको हो ।

यी खबरपछि एशियामा चिन्ता बढेको छ । यदि अमेरिकाले केही हतियार फिर्ता लैजाने हो भने चीन र उत्तर कोरियाबाट हुन सक्ने सैन्य चुनौतीका बीच अमेरिकाका सहयोगी देशहरू कमजोर बन्न सक्ने आशंका व्यक्त गरिएको छ ।

राष्ट्रपति लीले भने ती हतियार हटाइए पनि अत्यधिक चिन्ता लिनुपर्ने अवस्था नभएको बताएका छन् । उनका अनुसार रक्षा बजेट र परम्परागत सैन्य शक्तिको हिसाबले दक्षिण कोरिया उत्तर कोरियाभन्दा धेरै बलियो छ ।

दक्षिण कोरियामा अमेरिकाका केही हतियार, जस्तै पैट्रियट मिसाइल प्रणाली, तैनाथ रहेका छन्। ती हतियार अमेरिकाकै स्वामित्वमा भए पनि दक्षिण कोरियाको सुरक्षाका लागि त्यहाँ राखिएको बताइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *