Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

अमेरिकासँग तनाव बढिरहेका बेला क्युबाले गर्यो युद्ध तयारीको समीक्षा

५ माघ २०८२, सोमवार

अमेरिकासँग तनाव बढिरहेका बेला क्युबाले गर्यो युद्ध तयारीको समीक्षा

काठमाडौँ । संयुक्त राज्य अमेरिकासँग बढ्दो तनावका बीच क्युबाले आफ्नो युद्ध तयारीको समीक्षा गरेको छ ।

राज्य सञ्चारमाध्यमका अनुसार, युद्ध जस्तो अवस्थामा अपनाइने योजना र उपायहरूबारे छलफल गर्न देशको राष्ट्रिय रक्षा समितिको बैठक बसेर समीक्षा गरेको हो ।

यो बैठक यस्तो समयमा भएको हो जब जनवरी २ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकाले हिरासतमा लिएपछि अमेरिका-क्युबा सम्बन्धमा तनाव उल्लेखनीय रूपमा बढेको छ ।

क्युबाको राष्ट्रिय रक्षा समिति युद्ध वा प्राकृतिक प्रकोपको अवस्थामा सम्पूर्ण देशको कमान्ड लिने जिम्मेवारी राख्छ । सरकारी विज्ञप्ति अनुसार, बैठकको उद्देश्य नेतृत्व र प्रशासनिक उपकरणको तयारी र समन्वयलाई बलियो बनाउनु थियो। बैठकले अर्को देशसँग द्वन्द्वको अवस्थामा क्युबा कसरी 'युद्धको अवस्थामा' जान्छ भन्ने विश्लेषण गरेको बताइएको छ । 

मादुरोलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबालाई निरन्तर धम्की दिदै आएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :