Sunday, 19 April 2026
×
राजनीति
   

अर्याललाई बधाई दिदै बाबुरामले भने- सर्वोच्च जनप्रतिनिधि संस्थालाई कस्तो बनाउने सभामुखको हातमा हुन्छ

२१ चैत्र २०८२, शनिवार

अर्याललाई बधाई दिदै बाबुरामले भने- सर्वोच्च जनप्रतिनिधि संस्थालाई कस्तो बनाउने सभामुखको हातमा हुन्छ

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित सभामुख डिपी अर्याललाई बधाई दिदै सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा हुने बताएका छन् ।

अर्याललाई बधाई दिदै डा. भट्टराईले सभामुखलाई संसद संचालन गर्न थुप्रै स्वविवेकीय अधिकार समेत रहने भएकाले सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा रहने र यो कुरा नेपालमा र विश्वभर देखिने गरेको टिप्पणी गरेका हुन् ।

उनले हसमुख र मृदुभाषी स्वभावका धनी अर्यालले आफ्नो कार्यकालमा नेपालको विशिष्ठ कालखण्डमा गठित वर्तमान प्रतिनिधिसभालाई उन्नत लोकतन्त्रको अभ्यासको थलो बनाउने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार सभामुखमा अर्यालको मात्र मनोनयन दर्ता भएपछि उनी निर्बिरोध निर्वाचित भएका छन् भने आइतबार बस्ने प्रतिनिधि सभाले उनी निर्वाचित भएको औपचारिकता पुरा गर्ने छ । त्यस्तै आइतबार नै अर्यालले सभामुखको शपथ लिने कार्यक्रम तय भइसकेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *