Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

भेनेजुएलाकी उपराष्ट्रपतिलाई अन्तरिम राष्ट्रपतिको काम गर्न अदालतको आदेश

२० पुष २०८२, आइतवार

भेनेजुएलाकी उपराष्ट्रपतिलाई अन्तरिम राष्ट्रपतिको काम गर्न अदालतको आदेश

काठमाडौँ । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपतिलाई अन्तरिम राष्ट्रपतिको काम गर्न निर्देशन दिएको छ ।

भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको भूमिका निभाउन निर्देशन दिएको हो ।

अदालतले रोड्रिगेजलाई प्रशासनिक निरन्तरता र राष्ट्रको व्यापक रक्षाको ग्यारेन्टी गर्न पदमा राख्नु महत्त्वपूर्ण भएको बताउदै सो आदेश दिएको बताइएको छ ।

गणतन्त्रका राष्ट्रपतिको जबरजस्ती अनुपस्थितिको सामना गर्दा राज्यको निरन्तरता, सरकारको प्रशासन र सार्वभौमिकताको रक्षाको ग्यारेन्टी गर्न लागू हुने कानुनी रूपरेखा निर्धारण गर्न उनलाई जिम्मेवारी दिइएको आदेशमा भनिएको छ ।

यसअघि शनिबार राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकाले नियन्त्रणमा लिएर हाल न्यूयोर्क पुर्याइसकेको छ । अब मादुरोले अमेरिकामा लागूपदार्थ तस्करी र संगठित अपराधसँग सम्बन्धित गम्भीर आरोपमा दायर भएका मुद्धाको सामना गर्नुपर्ने बताइएको छ ।   

 

Single Image

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :