Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

भेनेजुएलाले अमेरिकामा उत्पादित समान मात्र किन्छ- ट्रम्प

२४ पुष २०८२, बिहिवार

भेनेजुएलाले अमेरिकामा उत्पादित समान मात्र किन्छ- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकामा उत्पादित सामानहरू मात्र खरिद गर्ने बताएका छन् ।

ट्रम्पले भेनेजुएलाले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसाले अमेरिकामा उत्पादित समान मात्र किन्ने बताएका हुन् । उनले भनेका छन्- 'मैले जानकारी प्राप्त गरेको छु, भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसा प्रयोग गरेर संयुक्त राज्य अमेरिकामा उत्पादित सामानहरू मात्र खरिद गर्नेछ । यी खरिदहरूमा भेनेजुएलाको पावर ग्रिड र ऊर्जा केन्द्रहरू सुधार गर्न अमेरिकी कृषि उत्पादनहरू, औषधिहरू, चिकित्सा उपकरणहरू र मेसिनरीहरू समावेश हुनेछन् ।'

ट्रम्पले भेनेजुएला अब अमेरिकालाई आफ्नो प्राथमिक व्यापारिक साझेदार बनाउन प्रतिबद्ध रहेको बताउदै यो एक बुद्धिमानी निर्णय भएको र भेनेजुएला र अमेरिका दुवैका जनताका लागि धेरै राम्रो कुरा भएको बताएका छन् ।

यसअघि, शनिबार, अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती, सिलिया फ्लोरेसलाई राजधानी कराकसबाट पक्राउ गरेको थियो । यसपछि, डेल्सी रोड्रिगेजलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । यसअघि उनी देशको उपराष्ट्रपति थिइन् ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :