भारतको ओडिशास्थित अस्पतालमा आगलागी हुदा १० बिरामीको मृत्यु
२ चैत्र २०८२, सोमवार
२ चैत्र २०८२, सोमवार
काठमाडौँ । भारतको ओडिशा राज्यस्थित कटक शहरको एससीबी मेडिकल कलेजको सघन उपचार कक्षमा भीषण आगलागी हुँदा कम्तीमा १० बिरामीको मृत्यु भएको छ ।
अधिकारीहरूका अनुसार बिहान करिब साढे दुईदेखि तीन बजेको बीचमा अस्पतालको सघन उपचार कक्षमा आगो लागेको थियो । आगलागीपछि गम्भीर अवस्थाका बिरामीहरूलाई अन्य कक्षमा सार्ने क्रममा अफरातफरी मच्चिएको थियो ।
उद्धारका क्रममा अस्पतालका ११ कर्मचारी घाइते भएका छन् भने २३ बिरामीलाई अन्य कक्षमा सारिएको बताइएको छ। घटनापछि दमकल, प्रहरी र चिकित्सालयका कर्मचारीले मिलेर आगो नियन्त्रणमा लिएका थिए।
घटनापछि राज्यका मुख्यमन्त्री मोहन चरण माझी र स्वास्थ्य मन्त्री मुकेश महालिङ अस्पताल पुगेका थिए । प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताइएको छ । सरकारले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio