गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी
२५ फागुन २०८२, सोमवार
२५ फागुन २०८२, सोमवार
काठमाडौँ । गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङ विजयी भएका छन् । गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत पाएका छन् भने एमालेका रामचन्द्र लामिछानेले ३७३२ मत प्राप्त गरेका छन् ।
योसँगै रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio