Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

ग्रीनल्याण्ड बारे छलफल गर्न ट्रम्पले बोलाए नाटोको बैठक

६ माघ २०८२, मंगलवार

ग्रीनल्याण्ड बारे छलफल गर्न ट्रम्पले बोलाए नाटोको बैठक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोको बैठक बोलाएका छन् । नेटो प्रमुख मार्क रुटसँग फोनमा कुराकानी गरेर ट्रम्पले ग्रिनल्याण्ड मुद्दामा छलफल गर्न स्विट्जरल्याण्डको डाभोसमा बैठक बोलाउने निर्णय गरेका हुन् । यद्यपि, बैठकको मिति भने तोकिएको छैन ।

ट्रम्पले रुटलाई स्पष्ट रूपमा ग्रिनल्याण्ड अमेरिकाको राष्ट्रिय र विश्वव्यापी सुरक्षाको लागि महत्त्वपूर्ण भएको र विश्वमा शान्ति शक्ति मार्फत मात्र प्राप्त गर्न सकिन्छ र अमेरिका विश्वको सबैभन्दा शक्तिशाली देश भएको स्पष्ट रुपमा बताएको रिपोर्टमा उल्लेख गरिएको छ ।

यसैबीच आजै ट्रम्पले क्यानडा, ग्रिनल्याण्ड र भेनेजुएलालाई संयुक्त राज्य अमेरिकाको भागको रूपमा देखाउँदै नक्सा पनि साझा गरेजा थिए । ट्रम्पले अमेरिकालाई सबैभन्दा शक्तिशाली देशको रूपमा वर्णन गरेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :