गठबन्धनमा कुरा नमिलेपछि बालकोट आएका उपेन्द्रको ओलीसँग 'डिल'
२४ असोज २०७९, सोमवार
२४ असोज २०७९, सोमवार
भक्तपुर- पाँच दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट भागबण्डामा कुरा नमिलेपछि जसपा बाहिरिएको हो।
सत्ता गठबन्धनबाट बाहिरिएको जसपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले बिहीबार बेलुका एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी चुनावी तालमेलको निर्णय गरेका हुन्। गठबन्धनको बैठक छोडेर यादव ओलीलाई भेट्न उनको निवास बालकोट आएका थिए।
हिजो भएको सहमतिअनुसार आज दुई पार्टीबीच सहमतिपत्रमा हस्ताक्षरको तयारी भएको छ।
धनुषा २, बारा २ र ३ बाँके २ र रुपन्देही ४ लगायत केही क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी सहमतिको मस्यौदा तयार भएको एमालेका एक नेताले जनाए। जसपाले एमालेसँग २५ वटा प्रतिनिधिसभा क्षेत्र माग गरेको थियो। तर, केही क्षेत्रमा दोहोरो दाबी भएपछि जसपाले दाबी घटाएको छ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio