Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

२४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

२४ फागुन २०८२, आइतवार

२४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

काठमाडौँ । इजरायलले पछिल्लो २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ती आक्रमणहरूमा क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र हतियार निर्माण हुने स्थानलाई विशेष रूपमा निशाना बनाइएको हो ।

इजरायली रक्षा बलका अनुसार पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य ईरानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गरिएको छ । यस क्रममा क्षेप्यास्त्र प्रक्षेपण यन्त्र, हवाई रक्षा प्रणाली, हतियार भण्डारण केन्द्र तथा अन्य सैन्य संरचनालाई लक्षित गरिएको बताइएको छ ।

सेनाका अनुसार यी कारबाही 'रोरिङ लायन' नाम दिइएको अभियान अन्तर्गत भइरहेको हो । उक्त अभियान सुरु भएयता इजरायली वायुसेनाले सयौँ आक्रमण अभियान पूरा गरिसकेको पनि सेनाले जनाएको छ ।

यसैबीच इजरायलले इरानका तेल प्रशोधन केन्द्रमा पनि आक्रमण शुरु गरेको छ । आक्रमणपछि आगोका ठुलो मुस्लो तेहरानको आकाशमा देखिएका भिडियोहरु र तस्बीर सामाजिक सञ्जालमा भाइरल भएका छन् । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *