Sunday, 19 April 2026
×
अर्थ
   

होटल फरेस्ट इनको आइपिओमा करिब ८ गुणा बढी आवेदन

२७ माघ २०८२, मंगलवार

होटल फरेस्ट इनको आइपिओमा करिब ८ गुणा बढी आवेदन

काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा माग भन्दा झन्डै ८ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरे पनि अन्तिम दिनसम्ममा २५ लाख ४५ हजार ७३० आवेदनकर्ताबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ता शेयरको लागि आवेदन परेको छ ।

सोमबार अन्तिम दिनसम्ममा सो आवेदनमार्फत २ अर्ब ८६ करोड ९३ लाख २६ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । 

धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता शेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले शेयर पाउने छन् भने २२ लाख १३ हजार ७३० जनाको हात खाली रहने भएको छ ।

कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत  अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :