Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

इलाम- १ को मतगणना अन्तिम चरणमा, काँग्रेसका निस्कल ५७२ मतले अगाडी

२५ फागुन २०८२, सोमवार

इलाम- १ को मतगणना अन्तिम चरणमा, काँग्रेसका निस्कल ५७२ मतले अगाडी

काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राईले अग्रता बढाएका छन् । 

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार अहिलेसम्म ५९ हजार ४५७ मत गणना सकिएको छ । जसमा कांग्रेसका निस्कल राईले १३ हजार २८२ मतसहित अग्रता बनाएका हुन् । उनी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु भन्दा ५७२ मतले अगाडी रहेका छन् ।  लिम्बुले १२ हजार ७१० मत प्राप्त गरेका छन् । 

त्यस्तै नेकपा एमालेका काजीमान कागतेले ११ हजार ३०५ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ८ हजार ६४८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रनबहादुर राईले ६ हजार ९७५ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा अब मतगणना अन्तिम चरणमा रहेको छ । अब सुर्योदय नगर पालिकाका वडा नम्बर १२, १३ र १४ का ४२३८ मत गणना गर्न बाँकी रहेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *