इन्डोनेसियाले ट्रम्पको 'बोर्ड अफ पिस' मा आर्थिक सहयोग नगर्ने
९ चैत्र २०८२, सोमवार
९ चैत्र २०८२, सोमवार
काठमाडौँ । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियांतोले ‘बोर्ड अफ पिस’ नामक पहलमा आर्थिक सहयोग नदिने स्पष्ट पारेका छन् ।
आफ्नो भिडियो सन्देशमार्फत उनले स्थायी सदस्यताका लागि १ अर्ब डलर तिर्ने कुरा अस्वीकार गर्दै इन्डोनेसियाले केवल शान्ति सैनिक पठाउने प्रस्ताव मात्र गरेको बताएका छन्।
उक्त ‘बोर्ड अफ पिस’ पहल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगुवाइमा गाजामा जारी युद्ध रोक्ने उद्देश्यले सुरु गरिएको मानिन्छ, जसमा अमेरिका, कतार र इजिप्टसँग सहकार्य गर्ने योजना रहेको छ ।
हालै यस सम्बन्धी बैठकमा सहभागी भएका राष्ट्रपति सुबियांतोको धारणा प्रति इन्डोनेसियाका केही मुस्लिम संगठनहरूले आलोचना गरेका छन्। उनले गाजाका लागि करिब ८ हजार शान्ति सैनिक पठाउने प्रस्ताव राखेका थिए।
राष्ट्रपति सुबियांतोले यदि उक्त पहल फिलिस्तिनी जनताको हितमा नभए वा इन्डोनेसियाको राष्ट्रिय हितविपरीत गएमा त्यसबाट बाहिरिने निर्णय गर्न सकिने पनि बताएका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio