Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

इरान युद्धमा तीन हजारभन्दा बढीको मृत्यु भएको दाबी

७ चैत्र २०८२, शनिवार

इरान युद्धमा तीन हजारभन्दा बढीको मृत्यु भएको दाबी

काठमाडौँ । अमेरिका र इजरायलका हमलामा इरानमा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ ।

इरानसँग सम्बन्धित एक मानवअधिकार समूहले सार्वजनिक गरेको विवरणअनुसार फागुन १६ गतेदेखि सुरु भएका हमलामा हालसम्म तीन हजार २२० जनाको ज्यान गएको बताइएको छ ।

उक्त विवरणमा एक हजार ३९८ सर्वसाधारणको मृत्यु भएको उल्लेख छ, जसमा २१० बालबालिका पनि रहेका छन् । त्यसैगरी एक हजार १६५ सैनिक र ६५७ अन्य व्यक्तिको पनि ज्यान गएको जनाइएको छ ।

तर इरानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार हालसम्म एक हजार ४४४ जनाको मृत्यु भएको छ भने १८ हजार ५५१ जना घाइते भएका छन् ।

मानवअधिकार समूहले आफ्ना तथ्यांक स्थलगत विवरण, स्थानीय स्रोत, स्वास्थ्य तथा आपतकालीन सेवा र सार्वजनिक तस्बिर तथा दृश्य सामग्रीका आधारमा तयार पारिएको जनाएको छ । यद्यपि यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *