Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

इरान युद्धमा युद्धविरामको पक्षमा छैन- ट्रम्प

७ चैत्र २०८२, शनिवार

इरान युद्धमा युद्धविरामको पक्षमा छैन- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा युद्धविरामको पक्षमा नरहेको बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा युद्ध रोक्ने कुनै योजना नभएको स्पष्ट पारेका हुन्  । उनका अनुसार जब विपक्षी पक्षलाई पूर्ण रूपमा कमजोर पारिँदै हुन्छ, त्यस्तो अवस्थामा युद्धविराम उपयुक्त हुँदैन । ट्रम्पले अमेरिका युद्धमा अग्रता हासिल गरिसकेको दाबी गर्दै यसै कारण तत्काल युद्ध रोक्ने मनसाय नरहेको बताएका छन् ।

यसैबीच उनले उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रहरूमाथि पनि कडा टिप्पणी गरेका छन् । सहयोग नगरेको भन्दै उनले ती राष्ट्रहरूलाई कायरको संज्ञा दिएका छन् र अमेरिकाविना उक्त सैन्य गठबन्धन प्रभावहीन हुने बताएका छन् ।

समाचारअनुसार ट्रम्पले इरानविरुद्धको अभियानमा विशेषगरी होर्मुज जलडमरूमध्य खुला गराउन सहयोग मागेका थिए । तर धेरै देशहरूले प्रत्यक्ष संलग्न हुन अस्वीकार गरेपछि अमेरिका र उसका सहयोगीहरूबीच तनाव बढेको जनाइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *