Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

इरानको हतियार क्षमता अझै आधाभन्दा बढी रहेको दाबी

२० चैत्र २०८२, शुक्रवार

इरानको हतियार क्षमता अझै आधाभन्दा बढी रहेको दाबी

काठमाडौँ । निरन्तर आक्रमणका बाबजुद इरानको हतियार क्षमता अझै आधा भन्दा बढी सुरक्षित रहेको दाबि गरिएको छ ।

अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा इरानसँग हजारौँ ड्रोन रहेको र तीमध्ये झन्डै आधा प्रयोगका लागि तयार अवस्थामा रहेको उल्लेख छ ।

यो विवरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानको सैन्य क्षमता धेरै हदसम्म कमजोर भइसकेको दाबीभन्दा फरक देखिएको छ । यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि इरानका मिसाइल तथा ड्रोन आक्रमणमा उल्लेख्य कमी आएको बताएका थिए ।

 रिपोर्ट अनुसार इरानसँग अझै पनि ५० प्रतिशत मिसाइल लन्चर सुरक्षित रहेको दाबि गरिएको छ । त्यस्तै अमेरिकी रक्षामन्त्री  हेगसेथले ९० प्रतिशत ड्रोन क्षमता कम भएको दाबि गरे पनि इरानसँग अझै आफ्नो क्षमताको आधा भन्दा बढी ड्रोन आक्रमण गर्ने क्षमता बाँकी रहेको बताइएको छ ।   

यसैबीच इरानी सेनाले आफ्नो पूर्वाधारमाथि आक्रमण बढे कडा जवाफ दिने चेतावनी दिएको छ । सेनाका प्रवक्ताले पुल, विद्युत् गृह वा ऊर्जा संरचनामा आक्रमण भए मध्यपूर्व क्षेत्रमा रहेका विरोधीका आधारस्थल लक्षित गरिने बताएका छन् ।

उनले अमेरिकी सैन्य उपस्थिती भएका अन्य देशहरू पनि यसबाट प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *