इरानको सय बर्ष पुरानो चिकित्सा अनुसन्धान केन्द्रमा आक्रमण
१९ चैत्र २०८२, बिहिवार
१९ चैत्र २०८२, बिहिवार
काठमाडौँ । इरानको राजधानी तेहरानमा करिब १०० वर्ष पुरानो चिकित्सा अनुसन्धान केन्द्रमा आक्रमण भएको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार ‘पाश्चर इन्स्टिच्युट अफ इरान’ लक्षित आक्रमणमा परेको हो, जसबाट भवनमा गम्भीर क्षति पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुसैन केरमनपोरले यसलाई विश्व स्वास्थ्य प्रणालीमाथिको सीधा आक्रमण भएको बताएका छन् । सन् १९२० मा स्थापना भएको उक्त संस्थाले इरानमा चिकित्सा अनुसन्धान र औषधि विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले जनाएका छन् ।
आक्रमणपछि सार्वजनिक भएका तस्बिरमा भवनका धेरै भाग क्षतिग्रस्त देखिएका छन् भने केही भाग पूर्ण रूपमा भग्नावशेषमा परिणत भएका छन् । इरानले घटनाको कडा निन्दा गर्दै यसलाई नागरिक संरचनामाथिको आक्रमण भनेको छ ।
यसैबीच जारी द्वन्द्वमा हालसम्म इरानका दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । इजरायलमा २४ जनाको ज्यान गएको छ भने क्षेत्रमा १३ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको बताइएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio