इरानले इजरायललाई हानेको मिसाइलमा स्पेनिस प्रधानमन्त्रीको अभिव्यक्तिको स्टिकर
९ चैत्र २०८२, सोमवार
९ चैत्र २०८२, सोमवार
काठमाडौँ । इरानले इजरायलतर्फ प्रहार गरेका क्षेप्यास्त्रमा स्पेनका प्रधानमन्त्रीको अभिव्यक्ति समेटेर पठाएको तथ्य सार्वजनिक भएको छ ।
रिपोर्टका अनुसार ती क्षेप्यास्त्रमा स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजको तस्बिर र उनको भनाइ लेखिएका स्टिकर टाँसिएको देखिएको छ । हालै उनले युद्धको विरोध गर्दै अमेरिका-इजरायलका आक्रमणलाई गैरकानुनी र खतरनाक बताएका थिए ।
इरानले सोही अभिव्यक्तिलाई क्षेप्यास्त्रमा राखेर सन्देश दिन खोजेको रूपमा हेरिएको छ । सार्वजनिक भएका तस्बिरहरूमा क्षेप्यास्त्रमा सान्चेजको तस्बिरसहित उनको भनाइ उल्लेख गरिएको देखिन्छ । क्षेप्यास्त्र प्रहारका क्रममा इरानी सैनिकहरूले नाराबाजी समेत गरेको बताइएको छ। यसले उक्त कदम केवल सैन्य आक्रमण मात्र नभई राजनीतिक सन्देश दिने प्रयाससमेत रहेको संकेत गरेको छ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio