इरानले कुनै पनि अवस्थामा आत्मसमर्पण गर्दैन- राष्ट्रपति पेजेशकियान
२३ फागुन २०८२, शनिवार
२३ फागुन २०८२, शनिवार
काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेशकियानले आफ्नो देशले कुनै पनि अवस्थामा आत्मसमर्पण नगर्ने बताएका छन् । उनले ईरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी रहेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
सरकारी दूरदर्शनमार्फत सम्बोधन गर्दै राष्ट्रपति पेजेशकियानले ईरानलाई बिना सर्त आत्मसमर्पण गराउने सपना देख्नेहरू निराश हुने बताएका छन्। उनले आफ्नो देशले दबाबका अघि नझुक्ने स्पष्ट पारे ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग कुनै पनि वार्ता बिना सर्त आत्मसमर्पण भए मात्र सम्भव हुने बताएका थिए। ट्रम्पको उक्त अभिव्यक्तिको भोलिपल्टै ईरानी राष्ट्रपतिले यस्तो प्रतिक्रिया दिएका हुन् ।
यसैबीच गत साता ईरानका सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएपछि देशको नेतृत्व अस्थायी रूपमा तीन सदस्यीय परिषद्ले सम्हालिरहेको छ । उक्त परिषद्मा राष्ट्रपति पेजेशकियान, न्यायपालिका प्रमुख घोलामहोसैन मोहसेनी एजेइ तथा वरिष्ठ धर्मगुरु अलीरेजा अराफी रहेका छन् ।
नयाँ सर्वोच्च नेता चयन नभएसम्म यही परिषद्ले देशको नेतृत्व गर्ने व्यवस्था गरिएको बताइएको छ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio