Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

इरानमा हिरासतमा रहेका जापानी नागरिक रिहा

८ चैत्र २०८२, आइतवार

इरानमा हिरासतमा रहेका जापानी नागरिक रिहा

काठमाडौँ । इरानले हिरासतमा रहेका एक जापानी नागरिकलाई रिहा गरेको छ । उनी छिट्टै आफ्नो देश फर्किने जनाइएको छ।

जापानका विदेश मन्त्री तोशिमित्सु मोटेगीका अनुसार इरानमा पक्राउ परेका दुईमध्ये एक जनालाई बुधबार रिहा गरिएको हो । उनी गत वर्षदेखि हिरासतमा रहेका थिए ।

मोटेगीले यस वर्ष पक्राउ परेका अर्का जापानी नागरिक भने अझै इरानकै नियन्त्रणमा रहेको जानकारी दिएका छन्। दुवै जनाको परिचय सार्वजनिक गरिएको छैन ।

रिहाइ इरानका विदेश मन्त्री अब्बास अराघचीसँगको कुराकानीपछि सम्भव भएको बताइएको छ । बाँकी रहेका नागरिकको रिहाइका लागि पनि पहल जारी रहेको मन्त्री मोटेगीले बताएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *