Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

इरानमा जासुसीको आरोपमा ९७ जनालाई पक्राउ

५ चैत्र २०८२, बिहिवार

इरानमा जासुसीको आरोपमा ९७ जनालाई पक्राउ

काठमाडौँ । इरानमा जासुसी गरेको आरोपमा ९७ जनालाई पक्राउ गरिएको छ ।

इरानको गुप्तचर मन्त्रालयका अनुसार पक्राउ परेकामाथि अमेरिका र इजरायलका लागि काम गरेको आरोप लगाइएको छ । तीमध्ये १३ जना कथित जासुसलाई दक्षिण- पूर्वी क्षेत्रबाट नियन्त्रणमा लिइएको जनाइएको छ ।

मन्त्रालयले उनीहरू देशभित्र अशान्ति फैलाउने र हिंसात्मक गतिविधि गराउने योजनामा संलग्न रहेको दाबी गरेको छ । साथै, दक्षिण–पश्चिमी क्षेत्र इराक सीमाना आसपास पाँचवटा हतियारधारी सञ्जाल ध्वस्त पारिएको पनि जनाएको छ । यसअघि अल्बोर्ज प्रान्तबाट ४१ जनालाई पक्राउ गरिएको थियो । उनीहरूलाई युद्धसम्बन्धी भिडियो विदेशी सञ्जालमा पठाएको आरोप लगाइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *