Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

जापानी जहाजलाई होर्मुजमा अनुपति दिन इरान तयार

७ चैत्र २०८२, शनिवार

जापानी जहाजलाई होर्मुजमा अनुपति दिन इरान तयार

काठमाडौँ । इरानले होर्मुज जलडमरूमध्यबाट जापानसँग सम्बन्धित जहाजलाई आवतजावत गर्न अनुमति दिन तयार रहेको जनाएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले यस्तो बताएका हुन् । उनका अनुसार प्रतिबन्ध अस्थायी रूपमा हटाउने विषयमा जापानी पक्षसँग वार्ता सुरु भइसकेको छ ।

यसबारे प्रतिक्रिया दिँदै जापान सरकारका एक अधिकारीले प्रतिबन्ध हटाउने सबैभन्दा प्रभावकारी उपाय इरानसँग प्रत्यक्ष संवाद नै भएको बताएका छन् । उनले अमेरिकालाई उक्साउने अवस्था नआओस् भनेर सावधानी अपनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

उनले जापानी जहाजलाई अनुमति दिइए पनि यसले हाल देखिएको ऊर्जा संकट पूर्ण रूपमा समाधान नगर्ने बताएका छन् ।

जापानका अर्का एक अधिकारीले भने अराग्चीको अभिव्यक्तिपछाडि रहेको वास्तविक उद्देश्यलाई सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *