Sunday, 19 April 2026
×
खेलकुद
   

कोशी प्रदेशमाथि गण्डकी ३९ रनले विजयी

२१ चैत्र २०८२, शनिवार

कोशी प्रदेशमाथि गण्डकी ३९ रनले विजयी

काठमाडौँ । गण्डकी प्रदेशले जारी पीएम कपमा कोशी प्रदेशलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो ।

गण्डकीले दिएको २२८ रनको लक्ष्य पछाएको कोशीले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

कोशीका लागि दिपेश कँडेलले ५२ र आशिष मगरले ३० रन बनाएका थिए । त्यस्तै गण्डकीका बलर सिब्रिन श्रेष्ठले ३ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाएर २२७ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले शतकीय पारी खेल्दै १०२ रन बनाएका थिए भने कप्तान विपिन खत्रीले अविजित ७६ रन बनाएका थिए ।

त्यस्तै कोशी प्रदेशका दिपेश कँडेलले ४ विकेट लिएका थिए ।

यो जितपछि गण्डकी प्रदेशको ६ खेलमा ५ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशको भने ६ खेलमा यो पाँचौं हार हो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *