Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

कतारमा हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जना बेपत्ता

८ चैत्र २०८२, आइतवार

कतारमा हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौँ । कतारमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।

कतारको गृह मन्त्रालयका अनुसार समुद्री क्षेत्रमा गरिएको खोज तथा उद्धार अभियानका क्रममा हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको शव फेला पारिएको हो ।

अहिलेसम्म एक जना व्यक्ति भने बेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । यसअघि उक्त हेलिकोप्टर प्राविधिक खराबीका कारण दुर्घटनामा परेको जानकारी मन्त्रालयले दिएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *