३२ लाख मानिसले छोडे इरान
२८ फागुन २०८२, बिहिवार
२८ फागुन २०८२, बिहिवार
काठमाडौँ । अमेरिका र इजरायलसँग जारी युद्धका कारण इरानभित्र करिब ३२ लाख मानिस घर छोड्न बाध्य भएका छन्।
संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले सार्वजनिक गरेको जानकारी अनुसार युद्धका कारण ठूलो संख्यामा नागरिक आफ्नै देशभित्र विस्थापित भएका हुन् ।
एजेन्सीका अनुसार यो तथ्यांक देशभर विस्थापित भएका परिवारहरूको प्रारम्भिक मूल्याङ्कनका आधारमा तयार गरिएको हो । युद्ध जारी रहेमा विस्थापित हुनेहरूको संख्या अझ बढ्न सक्ने र त्यसले मानवीय संकट झन गहिरिन सक्ने चेतावनी पनि दिइएको छ ।
गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि त्यहाँ युद्धको अवस्था जारी छ। त्यसपछि लाखौँ मानिस आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका बताइएको छ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio