Tuesday, 21 April 2026
×
अर्थ
   

६ महिनामा वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब पुग्यो

७ माघ २०८२, बुधवार

६ महिनामा वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १४.१८ प्रतिशतले बढेको छ ।

भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो ६ महिनामा आयात १४.१८ प्रतिशत बढेको छ भने निर्यात ४३.७६ प्रतिशतले बढेको छ ।

रिपोर्ट अनुसार ६ महिनमा ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख ८३ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ६ महिनमा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजार बराबरको आयात भएको थियो ।

यस्तै यस आर्थिक बर्षको ६ महिनामा एक खर्ब ४२ अर्ब १ करोड ८० लाख १६ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार बराबरको निर्यात भएको थियो ।

यस आर्थिक बर्षको ६ महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १०.१५ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९७ अर्ब ४८ लाख पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ७ खर्ब २३ अर्ब ५८ करोड रहेको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा कुल वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब ४ करोड पुगेको छ, जबकी अघिल्लो बर्षको ६ महिनामा कुल बैदेशिक व्यापार ९ खर्ब २१ अर्ब १५ करोड रहेको थियो । त्यसैगरी ६ महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ८.३२ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.५१ गुणामा झरेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :