Sunday, 19 April 2026
×
अर्थ
   

नेप्से २८.७३ अंकले बढ्यो, ६ अर्ब ४७ करोडको कारोबार

२१ पुष २०८२, सोमवार

नेप्से २८.७३ अंकले बढ्यो, ६ अर्ब ४७ करोडको कारोबार

काठमाडौँ । नेप्से आज दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रो, बन्दीपुर केवलकार, रुरु जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ भने दाराम्खोला  हाइड्रोको शेयर ९.५४ प्रतिशतले बढेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिकभेन्चरको शेयर सबैभन्दा बढी २.४९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३८ करोड ६९ लाख बराबरको कारोबार भएको छ भने बन्दीपुर केवलकारको २० करोड ९१ लाख बराबरको कारोबार भएको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :