Thursday, 23 April 2026
×
अर्थ
   

नेप्सेमा ४२.२६ अंकको वृद्धि, ११ अर्ब ८५ करोडको कारोबार

६ माघ २०८२, मंगलवार

नेप्सेमा ४२.२६ अंकको वृद्धि, ११ अर्ब ८५ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । मंगलबार नेप्से ४२.२६ अंकले बढेर २४१४.८१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३९ कम्पनिका २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर ११ अर्ब ८५  करोड ८४ लाख २१ हजार ७० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज गोर्खा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अन्खु खोला जलविद्युतको शेयर ८.१३ प्रतिशतले बढेको छ । त्यस्तै आज एसबिएल डिभेन्चरको शेयर सबै भन्दा बढी ४.२३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको ४० करोड ७९ लाख बराबरको कारोबार भएको छ भने राढ़ी जलविद्युतको ३९ करोड ३ लाख बराबरको कारोबार भएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :