Tuesday, 21 April 2026
×
अर्थ
   

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब १२ करोडको कारोबार

२२ पुष २०८२, मंगलवार

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब १२ करोडको कारोबार

काठमाडौँ । नेप्से आज वृद्धि भएको छ । मंगलबार नेप्से ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३४ कम्पनिका एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ७ अर्ब १२  करोड ३३ लाख ६५ हजार २९६ मा कारोबार भएको थियो । आज होटल्स र उत्पादन क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

आज जीवन विकास लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोको शेयर ९.५४ प्रतिशतले बढेको छ । त्यस्तै आज रुरु जलविद्युतको शेयर सबैभन्दा बढी ८.४१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २४ करोड ८८ लाख बराबरको कारोबार भएको छ भने बुटवल पावर कम्पनिको २३ करोड ६७ लाख बराबरको कारोबार भएको छ । 

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :