Sunday, 19 April 2026
×
अर्थ
   

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब १७ करोडको कारोबार

२३ पुष २०८२, बुधवार

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब १७ करोडको कारोबार

काठमाडौँ । नेप्से आज दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२३ कम्पनिका एक करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर ५ अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ मा कारोबार भएको थियो । आज फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज नारायणी विकास बैंकको शेयर मुल्य सबैभन्दा बढी ६.०८ प्रतिशतले बढेको छ भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ३.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज एसवाई प्यानलको शेयर सबैभन्दा बढी ८.४५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २६ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने श्रीनगर एग्रोको २३ करोड ५५ लाख बराबरको कारोबार भएको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :