Sunday, 19 April 2026
×
अर्थ
   

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्बको कारोबार

२० पुष २०८२, आइतवार

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्से आज दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १०.२९ अंकले घटेर २६१०. ६३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२३ कम्पनिका एक करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

आज वीन नेपाल लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्वी इनर्जीको शेयर ९.१६ प्रतिशतले बढेको छ । त्यस्तै आज  न्यादी हाइड्रोको शेयर सबै भन्दा बढी ४.३२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३० करोड ६५ लाख कारोबार भएको छ भने श्रीनगर एग्रोको २२ करोड ८८ लाखको कारोबार भएको छ । 

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :