निर्वाचन आचारसंहिता आज रातिदेखि लागू नहुने
२५ फागुन २०८२, सोमवार
२५ फागुन २०८२, सोमवार
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता आज रातिदेखि लागू नहुने जनाएको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगको फागुन २५ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघि आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आचारसंहिता लागू गरेको थियो । सो निर्णय माघ ४ गतेको बैठकबाट गरिएको थियो ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०८२ को व्यवस्था अनुसार उक्त आचारसंहिता माघ ४ गते राति १२ बजेदेखि लागू गरिएको थियो ।
आयोगले अब भने फागुन २५ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू नहुने जानकारी दिएको छ ।
यससँगै निर्वाचन अवधिमा लागू भएका आचारसंहितासम्बन्धी प्रावधानहरू पनि स्वतः अन्त्य हुने आयोगले स्पष्ट गरेको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio