Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

न्युजिल्याण्डले बन्द गर्यो तेहरानस्थित दूतावास

२ माघ २०८२, शुक्रवार

न्युजिल्याण्डले बन्द गर्यो तेहरानस्थित दूतावास

काठमाडौँ । अमेरिकासँग जारी विरोध प्रदर्शन, हिंसा र तनावका बीच न्यूजिल्याण्डले तेहरानमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

न्युजिल्याण्डको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुतबास अस्थायी रुपमा बन्द गरिएको र सबै कूटनीतिक कर्मचारीहरू तेहरानबाट बाहिरिएको बताएको छ । त्यस्तै न्यूजील्याण्डले टर्कीको अंकारामा आफ्नो वाणिज्य दूतावास स्थानान्तरण गर्ने निर्णय गरेको छ । 

अमेरिका र इरानबीचको तनाव कम गर्न यस हप्ता चार अरब देशहरूले सक्रिय रूपमा कूटनीतिक प्रयासहरू तीव्र पारेका छन् । यी देशहरूमा इजिप्ट, ओमान, साउदी अरेबिया र कतार रहेका छन् । यी चार देशहरू पश्चिम एसियामा अमेरिकाका सहयोगी हुन् र उनीहरूले अमेरिकालाई इरानमाथि आक्रमण नगर्न अपील गरेका छन् । उनीहरूले इरानमाथि आक्रमणले गम्भीर सुरक्षा र आर्थिक परिणाम निम्त्याउन सक्ने र सम्पूर्ण क्षेत्रलाई मात्र होइन अमेरिकालाई पनि असर गर्ने बताएका छन् ।

यसैबीच ट्रम्प प्रशासनले इरानमा हुने भनिएको ८०० मृत्युदण्डको कार्यान्वयन रोकिएको दाबी गरेको छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले इरान मुद्दामा विज्ञप्ति जारी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टोलीले इरानी शासनलाई सन्देश पठाएको र हत्या जारी रहेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको उल्लेख गरेकी छन् । उनले राष्ट्रपति ट्रम्पले हुने भनिएको ८०० मृत्युदण्ड रोकिएको दाबी गरेकी छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :