Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

पाल्पा- २ मा काँग्रेसका सन्दीप राना विजयी

२३ फागुन २०८२, शनिवार

पाल्पा- २ मा काँग्रेसका सन्दीप राना विजयी

काठमाडौँ । पाल्पा- २ मा नेपाली काँग्रेसका सन्दीप राना विजयी भएका छन् । सन्दीपले १८ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका नारायण प्रसाद आचार्यले १६ हजार ५१९ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा रास्वपाका विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन् ।

यो काँग्रेसले जितेको ११औं सिट हो । काँग्रेसले यसअघि जाजरकोटमा खड्कबहादुर बुढाले २० हजार १४२ मत ल्याएर विजयी भएका थिए भने डोटीमा भारतबहादुर खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै विजयी भएका थिए  । त्यस्तै अछाम- १ मा भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गरेर विजयी भएका छन् भने दैलेख- १ मा बासना थापाले १२ हजार  ३७२ मत ल्याएर विजयी भएकी छन्  । त्यस्तै सुर्खेत- १ मा विष्णुबहादुर खड्काले २६ हजार ८९७ मत प्राप्त गरेर विजयी भएका छन् ।  

त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।  

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *