Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

२४ फागुन २०८२, आइतवार

प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ ।

रास्वपा सुनसरी- २, सुनसरी- ४, बर्दिया- २, गोरखा- २, रामेछाप- १, नुवाकोट- १, गोरखा- १ गरेर ७ स्थानमा अगाडी रहेको छ ।

त्यस्तै नेपाली काँग्रेसले प्रत्यक्षमा १७ स्थानमा जितेको छ । त्यसैगरी नेकपा एमालेले ७ स्थानमा जितेर तीन स्थान अछाम- २, इलाम- १ र संखुवासभा- १ मा अगाडी रहेको छ ।

प्रचण्ड नेतृत्वको नेकपाले ७ स्थानमा जित हासिल गरेको छ भने धनुषा- १ मा अगाडी रहेको छ । त्यसैगरी हर्क साम्पाङले श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ स्थानमा जितेको छ भने राप्रपाले एक स्थानमा जितेको छ । त्यसैगरी स्वतन्त्र एक जनाले जितेका छन् ।

यस चुनावमा मधेशवादी दलले कुनै पनि सिट जित्न सकेनन् भने सुदूरपश्चिमबाट गत निर्वाचनमा उदाएको नागरिक उन्मुक्ति पार्टीले पनि कुनै सिट जित्न सकेन । त्यसैगरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी प्रत्यक्षमा एक सिट जित्न पनि असफल भएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *