सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँड
२५ पुष २०८२, शुक्रवार
२५ पुष २०८२, शुक्रवार
काठमाडौँ । सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । शुक्रबार बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिएको हो ।
आइपिओमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएकोमा २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट एक लाख ४३ हजार ९१७ जनाले १०-१० कित्ताका दरले बैंकको शेयर पाएका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ९ कित्ता शेयर ९ जनालाई गोला प्रथाबाट वितरण गरिएको छ । जस अनुसार ९ जनाले ११-११ कित्ता शेयर पाएका छन् ।
बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्काशन गरेको थियो ।
नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त 'बि' वर्गको विकास बैंक, सालापा विकास बैंक लिमिटेड (SBBL) खोटाङमा आधारित ६ वटा शाखा र यसको मुख्य कार्यालय भएको एक जिल्ला क्षेत्रीय बैंक हो ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio