Thursday, 23 April 2026
×
अर्थ
   

सुनको मुल्य अहिलेसम्मकै उच्च, चाँदीको पनि बढ्यो

६ माघ २०८२, मंगलवार

सुनको मुल्य अहिलेसम्मकै उच्च, चाँदीको पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको २७  सयले बढेर तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि सोमबार सुन तोलाको २ लाख ८२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर तोलाको ५८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५८१० रुपैयाँमा कारोबार भएको थियो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :