Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

सर्लाही-४ बाट निर्वाचित अमरेश सिंहलाई गगन थापाको बधाई

२४ फागुन २०८२, आइतवार

सर्लाही-४ बाट निर्वाचित अमरेश सिंहलाई गगन थापाको बधाई

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका डा. अमरेश सिंहलाई बधाई तथा शुभकामना दिएका छन्।

थापाले सिंहको जितले उक्त क्षेत्रका जनताको विश्वास र आशा झल्काएको उल्लेख गर्दै सफल कार्यकालको कामना गरेका छन् ।

थापाले आफूलाई माया, विश्वास र मत दिने क्षेत्रका सबै मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै उनले निर्वाचनका क्रममा आफूले देखेका समस्याहरू समाधान गर्न आफ्नो पहल र क्षमताभित्र रहेर निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका थिए । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *