Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

सर्लाही- ४ मा अमरेशको अग्रता कायमै

२३ फागुन २०८२, शनिवार

सर्लाही- ४ मा अमरेशको अग्रता कायमै

काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता कायम राखेका छन् ।

पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले २१ हजार ३७७ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले १२ हजार ९९३  मत प्राप्त गर्दै पछाएका छन्  । अमरेशभन्दा गगन हाल ८३८४ मतले पछि रहेका छन्  । 

त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले ५३३३ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले ११८० मत प्राप्त गरेका छन् ।

सर्लाही- ४ मा कुल मतदाता १ लाख २१ हजार १२ रहेकोमा ७७ हजार ९३१ मत खसेको थियो । यस क्षेत्रमा अहिलेसम्म ४६ हजार २०१ मत गणना भएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *