ट्रम्प भन्छन्- ग्रीनल्याण्ड कब्जाको योजना नोबेल पुरस्कार नपाउनुको उपज हो
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारप्रतिको आफ्नो मोहलाई फेरी एक पटक प्रकट गरेका छन् । ट्रम्पले नर्वेका प्रधानमन्त्री जोनास गार्डस्टोरलाई पत्र लेख्दै आफुले नोबेल शान्ति पुरस्कार नपाएको गुनासो गरेका हुन् ।
पत्रमा ट्रम्पले नर्वेको नोबेल शान्ति पुरस्कार प्रदान नगर्ने निर्णय पछि उनी अब शान्तिको बारेमा सोच्न बाध्य भएको महसुस नगर्ने उल्लेख गरेका छन् ।
नर्वेका प्रधानमन्त्री जोनसले भनेका छन्- 'ट्रम्पको सन्देश आइतबार दिउँसो आएको थियो, जब उनी र फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टबले ग्रीनल्याण्डको सम्बन्धमा आठ युरोपेली देशहरूमा अमेरिकी कर वृद्धिको विरोध गरेका थिए ।'
नर्वेका प्रधानमन्त्री जोनास गार्डस्टोरले यो सन्देश अन्य नाटो नेताहरूसँग साझा गर्ने ट्रम्पको निर्णय भएको बताए । प्रधानमन्त्री जोनासले भनेका छन्- 'ग्रीनल्याण्डमा नर्वेको अडान स्पष्ट छ । ग्रीनल्याण्ड डेनमार्क राज्यको हिस्सा हो, र नर्वेले यस मुद्दामा डेनमार्क राज्यलाई पूर्ण रूपमा समर्थन गर्दछ ।'
उनले नोबेल पुरस्कारका बारेमा भनेका छन्- 'नोबेल शान्ति पुरस्कारको सन्दर्भमा, मैले राष्ट्रपति ट्रम्प सहित सबैलाई व्याख्या गरेको छु कि पुरस्कार नर्वेली सरकारद्वारा होइन, स्वतन्त्र नोबेल समितिद्वारा प्रदान गरिन्छ ।'
ट्रम्पले आफ्नो पत्रमा भनेका छन्- 'शान्ति आवश्यक छ, तर अब उनले अमेरिकाको सर्वोत्तम हितमा के छ भन्ने कुरा पनि विचार गर्नेछन् । ग्रिनल्याण्डलाई आफूमा गाभ्ने उनको प्रयासको एउटा कारण नोबेल शान्ति पुरस्कार प्राप्त गर्न असफल हुनु पनि हो । यसले उनको निर्णयलाई पनि प्रभाव पारिरहेको छ ।'
ट्रम्पले नोबेल शान्ति पुरस्कार आफुले पाउनका लागि अब ग्रीनल्याण्डलाई माध्यम बनाउन खोजेको संकेत देखिएको छ । उनले ग्रीनल्याण्डको पक्षमा वकालत गर्ने ८ देशविरुद्ध १० प्रतिशत कर लगाएपछि युरोपले अमेरिकासँगको व्यापार सम्झौतामा पुनर्विचार गर्ने र अमेरिकालाई काउन्टर दिने तयारी गरेको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio