Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

ट्रम्प चढेको विमानमा प्राविधिक समस्या, उडान भरेको केही समयमै अवतरण

७ माघ २०८२, बुधवार

ट्रम्प चढेको विमानमा प्राविधिक समस्या, उडान भरेको केही समयमै अवतरण

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान प्राविधिक गडबडीका कारण हवाई अड्डामा फर्कन बाध्य भएको छ । ट्रम्प विश्व आर्थिक मञ्चमा भाग लिन स्विट्जरल्याण्डको डाभोस जानेक्रममा विमानमा प्राविधिक समस्या आएको बताइएको छ ।

ह्वाइट हाउसले ट्रम्पको विमान स्विट्जरल्याण्डको लागि उडान भरेको केही समयपछि हवाई अड्डामा फर्किएको बताएको छ ।

ट्रम्प र उनको टोली अब अर्को विमानमा चढ्ने  र डाभोसमा हुने विश्व आर्थिक मञ्चको यात्रा जारी राख्ने बताइएको छ । ह्वाइट हाउसले एउटा सानो विद्युतीय समस्याले एयर फोर्स वनलाई वाशिंगटन फर्कन बाध्य पारेको पुष्टि गरेको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :