Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

ट्रम्प र कोलम्बियाली राष्ट्रपति पेट्रोबीच भेटवार्ता हुदै

२४ पुष २०८२, बिहिवार

ट्रम्प र कोलम्बियाली राष्ट्रपति पेट्रोबीच भेटवार्ता हुदै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेट्ने बताएका छन् ।

भेनेजुएलामा भएको कारबाहीको केही घण्टापछि ट्रम्पले कोलम्बियाली राष्ट्रपति पेट्रोलाई 'आफ्नो ज्यान जोगाउन भाग्न' चेतावनी दिएको केही दिनपछि उनलाई भेट्ने बताएका हुन् ।

यसअघि अमेरिकाले शनिबार राति भेनेजुएलाको राजधानी काराकसमा आक्रमण गरेको थियो र राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर अमेरिका लागेको थियो ।

भेनेजुएलाका गृहमन्त्री डिओसडाडो कुएलोले कारबाहीमा मारिएकाहरूको संख्या पहिले रिपोर्ट गरिएको भन्दा बढी छ र अब १०० भन्दा बढी रहेको छ ।

स्थानीय मिडिया रिपोर्टहरूले पहिले अमेरिकी सेनाले मादुरोको परिसरमा आक्रमण गर्दा २३ भेनेजुएली र ३२ क्युबाली सैनिक मारिएको बताएका थिए ।

ट्रम्पले कुराकानीको क्रममा पेट्रोले 'लागुऔषधको अवस्था र अन्य विवादका विषय उठाएका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :