Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

देउवाले जित्दै आएको डडेल्धुरामा रास्वपाका जोशी विजयी

२३ फागुन २०८२, शनिवार

देउवाले जित्दै आएको डडेल्धुरामा रास्वपाका जोशी विजयी

काठमाडौँ । नेपाली काँग्रेसको गढ मानिएको डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ताराप्रसाद जोशी विजयी भएका छन् ।

जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपाका मानसिंह मल्लले ६ हजार ८३४ मत प्राप्त गरेका छन् ।

डडेल्धुर बाट यसअघि २०४८ देखि २०७९ सम्म भएका सबै ७ निर्वाचनमा काँग्रेसका पुर्व सभापति शेरबहादुर देउवा विजयी भएका थिए । यस निर्वाचनमा उम्मेदवार नबनेका देउवा सिंगापुर बसेर मतदान समेत गरेनन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *